nmb bank

गृहपृष्ठ देउवाले बोलाए कांग्रेसको पदाधिकारी बैठक

देउवाले बोलाए कांग्रेसको पदाधिकारी बैठक

देउवाले बोलाए कांग्रेसको पदाधिकारी बैठक

नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका छन् । सोमबार बस्ने केन्द्रीय समितिको बैठकको तयारीका सन्दर्भमा छलफल गर्न सभापति देउवाले आइतबार दिउँसो १ बजे बस्ने गरी पदाधिकारी बैठक बोलाएका हुन् ।

बैठकमा केन्द्रीय कार्यसमितिका प्रस्ताव तय गर्ने र ती विषयमा पदाधिकारी तहमा सहमति जुटाउने प्रयास हुने एक नेताले बताए । बैठक सानेपास्थित केन्द्रीय कार्यालयमा बस्नेछ । कांग्रेसले स्थानीय चुनावको समीक्षा गर्न सोमबार दिउँसो १ बजेका लागि केन्द्रीय कार्यसमितिको बैठक राखेका छन् ।

बैठकमा भ्रातृ तथा शुभेच्छुक संस्थाको विधान पारित गर्ने तथा नयाँ संस्थाहरूलाई मान्यता प्रदान गर्ने एजेन्डासमेत रहेको छ । बैठकमा सभापति देउवासहित उपसभापति, महामन्त्री र सहमहामन्त्रीहरु सहभागी हुनेछन् ।

१४ औं महाधिवेशनपछि कांग्रेसले कोषाध्यक्ष भने मनोनीत गरेको छैन ।

प्रकाशित समय : १३:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु