गृहपृष्ठ रेणुकालाई भेटेर खेलकुदमन्त्रीले भने– उपचारमा कुनै कमी हुँदैन

रेणुकालाई भेटेर खेलकुदमन्त्रीले भने– उपचारमा कुनै कमी हुँदैन

रेणुकालाई भेटेर खेलकुदमन्त्रीले भने– उपचारमा कुनै कमी हुँदैन

युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले राष्ट्रिय महिला फुटबल टिमकी कप्तान रेणुका नगरकोटीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । 

एसियाली खेलकुद तयारीको प्रशिक्षणका क्रममा घाइते भएकी नगरकोटीलाई भेट्न बिहीबार बिहान बीएण्डबी अस्पताल पुगेका मन्त्री गहतराजले नगरकोटीको पछिल्लो स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका हुन् । 

प्रशिक्षणका क्रममा दुःखद घटना भएको भन्दै मन्त्री गहतराजले नगरकोटीलाई छिट्टै मैदानमा फर्केको हेर्न चाहेको बताए। उनले घाइतेको उपचारमा कुनै कमी हुन नदिने प्रतिवद्धतासमेत जनाए । 

राष्ट्रिय खेलकुद परिषद (राखेप)ले आयोजना गरेको बन्द प्रशिक्षणका क्रममा घाइते भएकी रेणुकाको क्यारिकल बोन (ब्युटी बोन) भाँचिएको थियो । मंगलबार साँझ उनको शल्यक्रिया गरिएको थियो ।

शल्यक्रियापछि अस्पतालमै उपचार गराइरहेकी नगरकोटीलाई भेट्न मन्त्री गहतराज बिहीबार बिहान ललितपुरको बीएण्डबी अस्पताल पुगेका हुन् । 

उनलाई केही दिनमै डिस्चार्ज गर्ने तयारी गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

प्रकाशित समय : १९:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु