global ime bank Long Banner Ad

गृहपृष्ठ मंसिर पहिलो साता नै आम निर्वाचन, माघभित्र नयाँ राष्ट्रपति आउने

मंसिर पहिलो साता नै आम निर्वाचन, माघभित्र नयाँ राष्ट्रपति आउने

मंसिर पहिलो साता नै आम निर्वाचन, माघभित्र नयाँ राष्ट्रपति आउने

पाँचबर्षको अन्तरालपछि देश फेरि संसदीय निर्वाचनमा जाँदैछ । यो निर्वाचनले देश हाँक्ने आगामी नेतृत्वसमेत परिवर्तन गर्नेछ । निर्वाचन आयोगले आगामी मंसिर २ गते आम निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ ।

आयोगको परामर्शअनुसार सरकारले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरेमा दशैंलगत्तै चुनावी माहौल सुरु हुनेछ । माघभित्र राष्ट्रपति र उपराष्ट्रपति चुनिएपछि निर्वाचनको एउटा चक्र पूरा हुनेछ ।

आयोगका पदाधिकारीहरुले बुधबार अपरान्ह प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण, सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीलाई भेटेर प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मितिका विषयमा परामर्श गरेका छन् ।

आगामी मंसिर २ मा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रस्ताव गरेको आयोगले थप ३ महिनाभित्र राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन सम्पन्न गर्ने प्रस्ताव गरेको छ । प्रधानमन्त्रीलाई भेट्नुअघि निर्वाचन आयोगका पदाधिकारीहरुले ७ फागुनको प्रजातन्त्र दिवस अगाडि नै राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन टुंग्याउने निर्णय गरेका थिए ।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा संघीय (प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरु), प्रदेश सभाका सबै सदस्यहरु मतदाता हुन्छन् । अघिल्लो पटक १० चैत २०७४ मा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन भएको थियो । राष्ट्रपति र उपराष्ट्रपतिको पदावधि सकिनुभन्दा एक महिनाअघि नै निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था छ ।

प्रकाशित समय : १४:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु