global ime bank Long Banner Ad

गृहपृष्ठ निर्वाचन आयोगको प्रस्ताव– संघीय र प्रदेशसभा चुनाव मंसिर २ मा उपयुक्त

निर्वाचन आयोगको प्रस्ताव– संघीय र प्रदेशसभा चुनाव मंसिर २ मा उपयुक्त

निर्वाचन आयोगको प्रस्ताव– संघीय र प्रदेशसभा चुनाव मंसिर २ मा उपयुक्त

निर्वाचन आयोगले मंसिर २ गते संघीय  तथा प्रदेशसभाको निर्वाचन गर्न सरकारलाई सुझाव दिने भएको छ । आयोग स्रोतका अनुसार बुधबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी मिति सिफारिस गर्ने तयारी गरेको छ । प्रधानमन्त्री देउवासँग बुधबार भेटका लागि आयोगका पदाधिकारीहरुले समय लिइसकेका छन् । 

आयोगको सिफारिका आधारमा १२० दिन समय राखेर मन्त्रिपरिषद्ले केही साताभित्र निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ । 

आयोगले एकै चरणमा दुवै तहको निर्वाचन गर्ने गरी सिफारिस तयार पारेको छ । 

छिटफुट घटनाबाहेक पहिलो पटक एकै चरणमा स्थानीय तहको निर्वाचन सम्पन्न गराउन सफल भएको निर्वाचन आयोगले संघीय र प्रदेशसभा निर्वाचन पनि एकै चरणमा गर्नका लागि सिफारिस गर्न लागेका हो । 

प्रकाशित समय : ०३:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु