global ime bank Long Banner Ad

गृहपृष्ठ कांग्रेसको पदाधिकारी बैठक बस्दै

कांग्रेसको पदाधिकारी बैठक बस्दै

कांग्रेसको पदाधिकारी बैठक बस्दै

समसामयिक राजनीतिक अवस्था लगायतका विषयमा छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक राजनीतिका साथै आगामी २७ गते बोलाइएको केन्द्रीय समिति बैठकका एजेण्डामाथि समेत छलफल हुने ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठकमा स्थानीय तहको समीक्षा र भ्रातृ तथा शुभेच्छुक संस्थाका विधान लगायतका विषयमा पनि छलफल हुने जानकारी दिए ।

पार्टीमा प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले एकलौटी गर्दै आएको भन्दै संस्थापन इतर पक्षले विरोध गर्दै आएको छ । यहीसाता दुई दिनसम्म काठमाडौंमा छुट्टै भेला गरेको शेखर पक्षले देउवाविरुद्ध प्रतिवाद गर्ने निर्णय गरेको थियो । पार्टीमा विभागहरु गठन नभएको, सहायक संगठनहरु लथालिङग बनाएको र विधान अनुसार देउवा नचलेको आरोप शेखर पक्षको छ ।

प्रकाशित समय : १४:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु