गृहपृष्ठ चलचित्र विकास बोर्ड अध्यक्षमा कति जनाले दिए आवेदन ?
चलचित्र विकास बोर्ड अध्यक्षमा कति जनाले दिए आवेदन ?

चलचित्र विकास बोर्डको अध्यक्ष पदको लागि अभिनेता भुवन केसीसहित ६ जनाले बोर्डको अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन् । निर्देशक सम्झना उप्रेती रौनियार, अरुणकुमार प्रधान, निर्माता सुशील पोखरेल र निर्माता तथा अभिनेत्री सुष्मा कार्कीले पनि अध्यक्ष बन्न आवेदन दिएका हुन् ।
सञ्चार मन्त्रालयअन्तर्गतको संस्था समन्वय शाखाका अनुसार आइतबार आवेदन दिने अन्तिम दिन हो । असार ५ गते सूचना प्रकाशित गर्दै मन्त्रालयले ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको, स्नातक उत्तीर्ण गरी फिल्ममा १० वर्ष काम गरेको वा प्रवीणता प्रमाणपत्र तह पास गरी फिल्म क्षेत्रमा २० वर्ष कार्य गरेको मापदण्ड ताेकेकाे थियाे ।
प्रकाशित समय : १८:३४ बजे