nmb bank

गृहपृष्ठ युक्रेन द्वन्द्वपछि पहिलाे विदेश भ्रमणमा पुटिन

युक्रेन द्वन्द्वपछि पहिलाे विदेश भ्रमणमा पुटिन

युक्रेन द्वन्द्वपछि पहिलाे विदेश भ्रमणमा पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको द्वन्द्वको सुरुवातपछि मध्य एसियाली देशहरू ताजिकिस्तान र तुर्कमेनिस्तानको भ्रमण गर्ने कार्यक्रम तय भएको छ । युक्रेन द्वन्द्वपछि उनको यो पहिलो विदेश भ्रमण हो ।

रोसिया-१ राज्य टेलिभिजन स्टेशनका क्रेमलिन संवाददाता आरपावेल जरुबिनले राष्ट्रपति पुटिनले ताजिकिस्तान र तुर्कमेनिस्तानको भ्रमण गर्ने र त्यसपछि मस्कोमा वार्ताका लागि इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोलाई भेट्ने कार्यक्रम रहेको उल्लेख गरेका छन् ।

त्यसैगरी दुशान्बेमा पुटिनले ताजिकस्तानका राष्ट्रपति इमोमाली रहमोनलाई भेट्ने छन् । राष्ट्रपति इमोमाली रहमोन रुसका निकट सहयोगी हुन् भने पूर्व सोभियत राज्यका सबैभन्दा लामो समयसम्म शासन गर्ने शासक पनि हुन् । यसैगरी अस्गाबातमा उनले अजरबैजान, काजाकिस्तान, इरान र तुर्कमेनिस्तानका नेताहरू सहित क्यास्पियन राष्ट्रहरूको शिखर सम्मेलनमा भाग लिने कार्यक्रम रहेको पनि जारुबिनले बताएका छन् ।

युक्रेनमा आक्रमणपछि रुसी नेताको यो पहिलो विदेश भ्रमण हो जुन मस्कोमाथि लगाइएका थुप्रै प्रतिबन्धहरू पछि सार्वजनिक भएको छ । यसबाहेक, जर्मनीमा हुन लागेको जी-७ शिखर सम्मेलनमा युक्रेनका विषयमा विशेष ध्यान केन्द्रित हुने जनाइएको छ । जी-७ शिखर सम्मेलनको सन्दर्भमा बभेरियन आल्प्समा भेला भएका विश्वका धनी राष्ट्रहरूका नेताहरूले युक्रेनलाई वार्ताको मुख्य विषयका रूपमा प्रस्तुत गर्ने संकेत गरिसकेका छन् । यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी सुनको आयातमा प्रतिबन्ध लगाउने बताएका छन् । सुन रूसको लागि दशौँ अर्ब डलरको ठूलो निर्यातको वस्तु हो ।

यसअघि पनि बाइडेनले ट्वीट गर्दै  'संयुक्त राज्य अमेरिकाले पुटिनलाई युक्रेन विरुद्धको युद्धको लागि आवश्यक पर्ने ठूलो रकम उठाउँने निर्यात हुने वस्तुहरू माथि प्रतिबन्ध लगाइसकेको' संकेत गरेका छन् । त्यस्तै जी-७ देशहरूले रुसी सुनको आयातमा प्रतिबन्ध लगाउँने पनि बताउँदै आएका छन् ।

रुस विरुद्धका यस्ता कदमहरू सुरुमा बेलायतले सार्वजनिक गरेको थियो । नाम नछाप्ने शर्तमा एक वरिष्ठ अमेरिकी प्रशासन प्रतिनिधिले पत्रकारहरूलाई बताएअनुसार जी-७ ले मंगलबार सुन आयात प्रतिबन्धको आधिकारिक घोषणा गर्नेछ ।

प्रकाशित समय : १३:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु