गृहपृष्ठ महिन्द्राको टूएस डिलर मनमैंजुमा
महिन्द्राको टूएस डिलर मनमैंजुमा
महिन्द्राको नेपालका लागि आधिकारिक वितरक अग्नि समूहले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा र सुविधा प्रदान गर्ने उद्देश्यका साथ मनमैंजुमा नयाँ टुएस डिलरको उद्घाटन गरेको छ ।
महिन्द्राको सो नयाँ २एस डिलरबाट महिन्द्रा फोर-व्हीलरका सेवाग्राहीहरुले उत्कृष्ट सेवा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । एम एण्ड एम, अन्तर्राष्ट्रिय अपरेसन्स प्रमुख एडी जोयदिप मोइत्रा र अग्नि समूहका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्माका साथै अग्नि समूहका अन्य प्रतिनिधिहरुको उपस्थितिमा सामूहिक रुपमा डिलरकाे उद्घाटन भएको थियो ।
‘यस नयाँ डिलरको उद्घाटन हाम्रो नेटवर्क विस्तारको अर्को एक कदम हो,’ बालाजु अटो वर्क्सका प्रबन्ध निर्देशक अर्जुन प्रसाद शर्माले भने । साे सर्भिस सेन्टरले स्कर्पियो, बोलेरो पिकअप, एक्सयुभी ५००, टियुभी ३००, केयुभी १००, थार लगायतका सबै महिन्द्रा अटोमोबाइल्स ग्राहकहरुको लागि सेवा र जेन्युन स्पेयर पार्टसको सुविधा प्रदान गर्नेछन् ।
प्रकाशित समय : २०:२० बजे


















