गृहपृष्ठ माधव नेपालले भने– एमसीसी र एसपीपी ओलीले नै अघि बढाएका हुन्
माधव नेपालले भने– एमसीसी र एसपीपी ओलीले नै अघि बढाएका हुन्
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अब सिंगो पार्टी पंक्तिको ध्यान प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा केन्द्रित गर्नुपर्ने बताएका छन् । उनले १६५ क्षेत्रमा नै उम्मेदवारको तयारी गर्न निर्देशन दिए ।
पार्टीको पहिलो केन्द्रीय परिषद् बैठक उद्घाटन गर्दै नेपालले एकीकृत समाजवादीले चुनावमा अधिकतम् सफलता हासिल गर्ने गरी वतावरण बनाउनुपर्ने बताए । प्रत्येक कार्यकर्ता जनताको घर–घरमा पुग्नुपर्ने उनको भनाइ थियो ।
‘हामी सबैको ध्यान आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा हुनुपर्छ । पार्टीको सम्पूर्ण त्यहीँ निर्वाचनमा केन्द्रित गर्नुपर्ने छ । चुनावको तयारी गर्नुपर्ने छ,’ उनले भने,‘अरुको भरोसा गरेर चल्ने होइन । हामीले आफ्नो शक्ति निर्माण गर्ने हो । अहिले नै १६५ क्षेत्रमा उम्मेदवार घोषणा गर्ने हो ।’
डमी उम्मेदवार भएपनि प्रतिनिधिसभामा १६५ र प्रदेशसभामा ३३० क्षेत्रमा डमी उम्मेदवार उठाउने उनले बताए ।
स्थानीय चुनावमा अत्याधिक भो बदर भएर आफूहरुले धेरै ठाउँमा हारेको उनले बताए । काठमाडौँ महानगरपालिकामै ५० हजारभन्दा बढी भोट बदर हुँदा आफ्नो पार्टीका उपमेयर उम्मेदवारले पराजय भोक्नुपरेको उनको दाबी थियो । उनले मतदातालाई राम्ररी प्रशिक्षित गर्न कार्यकर्तालाई निर्देशन दिए ।
अध्यक्ष नेपालले नेपाल विभिन्न शक्ति राष्ट्रबीचको द्वन्द्वको अखडामा पर्ने खतरा देखिएको बताए । ‘शक्ति राष्ट्रहरुले अनेक ढंगले षड्यन्त्रपूर्वक दाउपेच गरिरहेका छन् । हामी नेपालीहरु हाम्रो राष्ट्र कतै शक्ति राष्ट्रको द्वन्द्वको अखडामा नेपाल पर्ने त होइन भन्ने चिन्ता थपिएको छ,’ उनले भने,‘यसबाट हामी सजग हुनुपर्दछ ।’
नेपालले अमेरिकी सहयोग परियाजना (एमसीसी) र सैन्य रणनीति आइपीएस पनि केपी ओलीले नै अगाडि बढाएको बताए । ‘हामीले एमसीसी र आइपीएस होस् अन्य विभिन्न विषयमा सजग बनेका थियौँ । त्यसमा केपी ओली नेतृत्वको सरकार नै संलग्न भएको रहेछ,’ उनले भने,‘कम्युनिस्ट पार्टीले देशको हित र रक्षा गर्नुपर्ने र कुनै पनि खालका गठबन्धनबाट सजग हुनुपर्ने हो ।’
उनले नेपालका सबै मित्र रहेको बताउँदै कोही शत्रु नभएको उल्लेख गरे । ‘एसपीपी सेनाले सरकारको अनुमतिमा पत्र लेखेको रहेछ । वास्तवमा सेनाले पत्र लेख्ने होइन,’ उनले भने,‘त्यो पनि केपी ओलीकै पालामा भएको रहेछ । धन्यवाद ! छ गठबन्धन सरकारले त्यसलाई अस्वीकार गर्यो ।’
प्रकाशित समय : २०:२८ बजे

















