global ime bank Long Banner Ad

गृहपृष्ठ गरिमा विकास बैंक र स्मार्टच्वाइस टेक्नोलोजिजबीच सम्झौता

गरिमा विकास बैंक र स्मार्टच्वाइस टेक्नोलोजिजबीच सम्झौता

गरिमा विकास बैंक र स्मार्टच्वाइस टेक्नोलोजिजबीच सम्झौता

स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (SCT) र गरिमा विकास बैंक लिमिटेडाीच एससीटी-युपीआई डेबिट कार्ड (SCT-UPI Debit Card)मार्फत भुक्तानी सेवा प्रदान गर्नको लागि सम्झौता भएको छ ।

स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडको प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र गरिमा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । नेपाल राष्ट्र बैंकको नीति र निर्देशनअनुरुप समग्र भुक्तानी प्रणालीमा नगदको भौतिक प्रयोगलाई कम गर्दै विद्युतीय कारोबारलाई बढवा दिने प्रमुख उद्देश्यका साथ क्रियाशील स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र सर्वसाधारणलाई सबै प्रकारका बैंकिङ सेवा सुविधा पुर्‍याउँदै आएको गरिमा विकास बैंक लिमिटेडको यस सहकार्यबाट मुलुकको समग्र डिजिटल इकोसिस्टमको विकासमा थप योगदान पुग्न जाने आशा बैंकको आशा छ ।

यस सम्झौतापश्चात स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र गरिमा विकास बैंक लिमिटेडबाीच एससीटी-युपीआई डेबिट कार्ड प्रयोगको क्षेत्रमा सहकार्य हुनेछ । बैंकले आफ्ना ग्राहकलाई भुक्तानी कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्रदान गर्न सहजता प्राप्त गर्ने छ । साथै, SCT सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतभित्र ATM, PoS, e-Commerce जस्ता सेवा सजिलै लिन सक्ने सुविधा प्राप्त हुने बैंकले जनाएको छ ।

प्रकाशित समय : २०:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु