गृहपृष्ठ चिनियाँ सुपर लिग फुटबलकाे प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्स एचडीमा
चिनियाँ सुपर लिग फुटबलकाे प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्स एचडीमा
चाइनिज सुपर लिग फुटबलको खेलहरुको नेपालमा प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्स एचडीले गर्ने भएको छ ।
पहिले चाइनिज जिया ए लिगको नाममा हुने यो लिग सन् २००४ देखि चाइनिज फुटबल एसोसिएसन सुपर लिग वा छोटकरीमा चाइनिज सुपर लिग (सीएसएल)को नामबाट सुरु भएको थियो । चाइनिज सुपर लिगको यस सिजनमा कुल १८ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्दै छन् ।
चाइजिन सुपर लिगलाई दर्शकहरुका लागि मात्र नभई अहिले विश्वप्रसिद्ध खेलाडीहरुका लागि पनि आकर्षणको केन्द्रको रुपमा लिइन्छ । यस लिगको जारी सिजनमा ब्राजिलियन खेलाडी ओस्कार, सर्जिन्ह्यो, एन्डरसन सिल्भा बेल्जियमका फेलानी, कंगोका सेड्रिक बकाम्बु, स्विडेनका लार्सनजस्ता विश्वस्तरीय खेलाडीहरु विभिन्न क्लबबाट प्रतिस्पर्धा गर्दैछन् ।
प्रकाशित समय : १९:२२ बजे



















