गृहपृष्ठ यस्ता छन् श्रममन्त्री श्रेष्ठको ५६ बुँदे उपलब्धि (पूर्णपाठ)
यस्ता छन् श्रममन्त्री श्रेष्ठको ५६ बुँदे उपलब्धि (पूर्णपाठ)
निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले आन्तरिक रोजगारी सिर्जना, वैदेशिक रोजगारको व्यवस्थापन र सेवा प्रवाहलाई चुस्त बनाउन आफ्नो ८ महिने कार्यकाल सफल भएको दाबी गरेका छन् ।
मन्त्री पदबाट हटेपछि आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो छोटो समयमा चालिएका कतिपय कदम उल्लेखनीय रहेको बताए । ‘जति दिन म मन्त्रीको रुपमा रहेँ । निष्ठापूर्वक आफ्नो काममा प्रतिबद्ध र दृढ रहेँ । जनताले म प्रति देखाएको विश्वास अक्षुण्ण राख्न निरन्तर प्रयास गरिरहेँ । अब आउने नेतृत्वले मैले गरेका सुधारका प्रयासहरुलाई निरन्तरता दिने विश्वास लिएको छ,’ उनले भने, ‘मन्त्रालयमा मेरो २६२ दिन उपलब्धिपूर्ण र सफलतापूर्वक सम्पन्न भएको छ ।’
श्रम क्षेत्रमा भएका विकृतिलाई धेरै हदसम्म अन्त्य गरिएको उनको जिकिर थियो । आफूलाई मन्त्रालयका सबैले सहयोग गरेको भन्दै उनले नयाँ मन्त्रीलाई पनि सहयोग गर्न आग्रह गरे । आफू मन्त्रीका रुपमा आइसकेपछि श्रम कूटनीतिमार्फत् रोजगार गन्तव्य मुलुकको विस्तार गरिएको जनाउँदै निवर्तमान मन्त्री श्रेष्ठले नेपाल-बेलायत श्रम समझदारीको मस्यौदा तयार भइसकेको बताए ।
इजरायलमा दीर्घकालीन सहायता श्रमिकका लागि छनोट भएका श्रमिकलाई निजी क्षेत्र तथा बिचौलियारहित सरकार-सरकार (जीटुजी) प्रक्रियामार्फत् पहिलोपटक इजरायल पठाउन सुरु गरिएको उनले बताए ।
मन्त्री श्रेष्ठकाे बिदाइ सम्बाेधन :
प्रकाशित समय : १९:०७ बजे



















