global ime bank Long Banner Ad

गृहपृष्ठ रसुवागढी हाइड्रोपावरको आइपीओ स्थानीयलाई खुला

रसुवागढी हाइड्रोपावरको आइपीओ स्थानीयलाई खुला

रसुवागढी हाइड्रोपावरको आइपीओ स्थानीयलाई खुला

रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने स्थानीय बासिन्दाका लागि साधारण सेयरको निष्कासन तथा बिक्री खुला गरेको छ ।

कम्पनीले आजदेखि प्रतिकित्ता १०० अंकित दरमा ६८ करोड ४२ लाख १० हजार मूल्य बराबरको ६८ लाख ४२ हजार १०० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन(आइपीओ)को बिक्री खुला गरेको हो ।

आयोजनाले प्रभावित रसुवा जिल्लावासीका लागि छुट्याइएको १० प्रतिशतले हुन आउने ६८ लाख ४२ हजार १०० कित्ता सेयर आयोजनाबाट अतिप्रभावित गोसाइकुण्ड गाउँपालिका–१ र २, प्रभावित आमाछोदिङ्मो गाउँपालिका–४ र ५ तथा गोसाइँकुण्ड गाउँपालिकाका ३, ४, ५ र ६ का साथै सामान्य प्रभावित उल्लेखित क्षेत्रभन्दा बाहिर बसोबास गर्ने जिल्लावासीमा ४.५ः १.५ः १ का दरले सेयर बाँडफाँड गरिने आह्वान पत्रमा उल्लेख छ ।

जिल्लाका स्थानीय बासिन्दाले आजदेखि असार २७ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे आगामी साउन १० गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम ७०० कित्ता सेयर खरिदका लागि आवेदन दिन पाउने कम्पनीले जनाएको छ ।

कम्पनीले रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका हुँदै बहने भोटेकोसी नदीमा १११ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ ।  

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित समय : १८:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु