global ime bank Long Banner Ad

गृहपृष्ठ नवनियुक्त मन्त्रीहरुले लिए सपथ

नवनियुक्त मन्त्रीहरुले लिए सपथ

नवनियुक्त मन्त्रीहरुले लिए सपथ

नेकपा (एकीकृत समाजवादी)का तर्फबाट सरकारमा सहभागी नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् । राष्ट्रपति कार्यालयमा नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएका हुन् ।

नयाँ मन्त्रीहरुमा जीवनराम श्रेष्ठ (संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय), मेटमणि चौधरी (सहरी विकास मन्त्रालय), भवानीप्रसाद खापुङ (स्वास्थ्य तथा जनसंख्या मन्त्रालय) र शेरबहादुर कुँवर (श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय) छन् ।

राष्ट्रपति भण्डारीले मौजुदा मन्त्रिपरिषदमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा चार मन्त्री र एक राज्यमन्त्रीको नियुक्ति र कार्य विभाजन तोकेकी थिइन् ।

मन्त्रीहरुको शपथपछि शीतल निवासमै राष्ट्रपति भण्डारीको उपस्थितिमा प्रधानमन्त्री देउवासमक्ष नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले पद तथा गोपनीयताको सपथ लिए । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख र पदाधिकारीलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित समय : १८:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु