गृहपृष्ठ आइएमई लाइफ इन्स्योरेन्सले ल्यायो ‘आइएमई बालकिरण जीवन बिमा’ योजना
आइएमई लाइफ इन्स्योरेन्सले ल्यायो ‘आइएमई बालकिरण जीवन बिमा’ योजना
आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आइएमई बालकिरण जीवन बिमा योजना ल्याएको छ । याे बिमा याेजना बच्चा जन्मेलगत्तै लिन सकिन्छ ।
यो बिमा योजनामा बालबालिका तथा अभिभावक दुवैको पूर्ण अवधिका लागि अधिकतम जोखिम रक्षावरणसहित चौथो वर्षदेखि नै प्रत्येक वर्ष बिमा रकम फिर्ता हुँदै आउने कम्पनीले जनाएको छ । यसरी, प्रत्येक वर्ष फिर्ता हुने रकमले अभिभावकहरूलाई बच्चाको विद्यालय भर्ना तथा अध्ययन खर्चमा सहयोगी भूमिका खेल्ने कुरा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले बताए ।
खासगरी, अभिभावक तथा नव अभिभावकहरूका लागि अत्यन्त उपयुक्त तथा सहज यस बिमा योजनामा आफ्नो आवश्यकता अनुसारको बिमा अवधि छनोट गर्न सकिन्छ । दुर्घटना तथा बिरामीको थप जोखिम बहन हुने तथा एउटै बिमामा दोहोरो जीवनको बिमा हुने प्रमुख कार्यकारी अधिकृत फुयाँलले जानकारी दिए ।
प्रकाशित समय : १८:२८ बजे