nmb bank

गृहपृष्ठ बिरामी बोकेको बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु

बिरामी बोकेको बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु

बिरामी बोकेको बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु

पाँचथरबाट बिरामी बोकेर झापातर्फ जाँदै गरेको बोलेरो इलाममा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । पाँचथरको मिक्लाजुङस्थित प्राथमिक स्वास्थ्य केन्द्र रबिबाट बिरामी लिएर झापाको दमक जाँदै गरेको बोलेरो इलामको माङसेबुङ गाउँपालिका–२ दहगाउँमा दुर्घटना हुँदा पाँचथरका दुई तथा इलामका एक जनाको मृत्यु भएको हो । 

मृत्यु हुनेमा पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ कुरुम्बाका ६५ वर्षीय हिमप्रसाद लावती र उनकी श्रीमती ५७ वर्षीय पदमकुमारी तथा इलामको माङसेबुङ गाउँपालिका–२ का ५० वर्षीय प्रकाश राई छन् । घाइतेमध्ये हिमप्रसाद र प्रकाशको घटनास्थलमै तथा पदमकुमारीको उपचारका लागि झापाको दमक लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । 

रबिबाट दमकतर्फ जाँदै गरेको मे१ज ४८७ नम्बरको बलेरो आज दिउँसो करिब १२ बजे सडकबाट करिब २०० मिटर तल झरी दुर्घटना भएको हो । बोलेरो चालक भने फरार रहेकाले खोजी भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रकाशित समय : ०२:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु