global ime bank Long Banner Ad

गृहपृष्ठ सुरक्षामा कमी हुन दिदैनौँ स् प्रहरी उपरीक्षक पोखरेल

सुरक्षामा कमी हुन दिदैनौँ स् प्रहरी उपरीक्षक पोखरेल

सुरक्षामा कमी हुन दिदैनौँ स् प्रहरी उपरीक्षक पोखरेल

कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ठाकुरप्रसाद पोखरेलले नागरिकलाई शान्ति र सुरक्षाको कमी हुन नदिने बताएको छ ।

आइतबार यहाँ आयोजित पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा उहाँले नागरिकको शान्ति, सुरक्षा र सुशासन कायम गर्ने कुरामा प्रहरीले आफूलाई समर्पण गरेको र सत्य सेवा सुरक्षणम् प्रहरीको मूलमन्त्र भएको बताए ।

उक्त कार्यक्रममा प्रहरी उपरीक्षक पोखरेलले गफ नगरी कार्यसम्पादनलाई जनमैत्री र उत्कृष्ट बनाइने जनाए।

उनले भने, “समाजमा अमनचयन, शान्ति र सुव्यवस्था कायम गर्न प्रहरीको एक्लो प्रयासले पूर्ण हुन सक्दैन । यसका लागि सबै सरोकारवालाबीच आपसी समन्वय, सहकार्य र सहयोग आवश्यक छ । सुर्खेत राजधानी सहर भएकाले बढ्दो जनङ्ख्या र यसले निम्त्याएका चुनौती र समस्याको अध्ययन गरी समाधानका उपाय खोज्नेछौँ ।”

उक्त कार्यक्रममा पत्रकारले सुर्खेतमा सडक सुरक्षा कायम, लागुऔषध नियन्त्रण, अवैध यौनजन्य गतिविधि चुनौतीका रुपमा देखिएको औँल्याउँदै त्यसको नियन्त्रण गर्नुपर्ने जस्ता विषयमा सुझाएका थिए ।

प्रहरी उपरीक्षक पोखरेलले सही सूचनामा आधारित रहेर कानुनविपरीतका गतिविधिलाई न्यूनीकरण एवं नियन्त्रण गर्न बोलेरभन्दा गरेर देखाउने र त्यसका लागि सबैको सहयोग आवश्यक रहेको बताए ।

प्रकाशित समय : ०५:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु