global ime bank Long Banner Ad

गृहपृष्ठ प्रधानमन्त्री देउवाद्वारा मन्त्रिपरिषद् पुनर्गठन, यी हुन् नयाँ थपिएका मन्त्रीहरु 

प्रधानमन्त्री देउवाद्वारा मन्त्रिपरिषद् पुनर्गठन, यी हुन् नयाँ थपिएका मन्त्रीहरु 

प्रधानमन्त्री देउवाद्वारा मन्त्रिपरिषद् पुनर्गठन, यी हुन् नयाँ थपिएका मन्त्रीहरु 

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । नेकपा (एकीकृत समाजवादी)ले पठाएको नयाँ मन्त्रीहरुलाई समेट्दै उनले मन्त्रीमण्डल पुनर्गठन गरेका हुन् । 

देउवाले जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीलाई सहरी विकास, भवानीप्रसाद खापुङलाई बढुवा गर्दै स्वास्थ्य तथा जनसंख्या, शेरबहादुर कुँवरलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका छन् । 

प्रधानमन्त्री देउवाको सिफारिसमा संविधानको धारा ७६ को उपधारा ९ तथा धारा ७८ को उपधारा १ बमोजिम नयाँ मन्त्रीहरुलाई नियुक्त गरिएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ । 

प्रकाशित समय : ०१:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु