nmb bank

गृहपृष्ठ लगातार आँसु पुछ्दै मन्त्रालयबाट बिदा भइन् मन्त्री झाँक्री

लगातार आँसु पुछ्दै मन्त्रालयबाट बिदा भइन् मन्त्री झाँक्री

लगातार आँसु पुछ्दै मन्त्रालयबाट बिदा भइन् मन्त्री झाँक्री

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको ८ महिना २० दिन लामो कार्यकाल आइतबार सकिएको छ । आइतबार उनले मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै आफू मन्त्री पदबाट बाहिरिएको जानकारी गराएकी हुन् ।

उनी पत्रकार सम्मेलनमा लगातार आँसु पुछिरहिन् । उनले आफूलाई जिम्मेवारी दिने पार्टी, विश्वास गर्ने प्रधानमन्त्रीलगायत र कर्मचारीहरुलाई धन्यवाद प्रकट गरेकी थिइन् । उनले भनिन्, ‘म आज धेरै बोल्नसक्ने अवस्थामा छैन ।’

उनलाई कार्यक्रममा सचिव, सहसचिवलगायत कर्मचारीहरुले बिदाइ गरेका थिए । उनलाई कर्मचारीहरुले मायाको चिनो प्रदान गरेका थिए ।

प्रकाशित समय : ००:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु