गृहपृष्ठ एनआइसी एशिया बैंकको मोबाइल एपमार्फत एयरलाइन्स टिकट बुकिङमा २० प्रतिशत ‘क्यासब्याक’
एनआइसी एशिया बैंकको मोबाइल एपमार्फत एयरलाइन्स टिकट बुकिङमा २० प्रतिशत ‘क्यासब्याक’

एनआइसी एशिया बैंकले डिजिटल बैंकिङको प्रवर्द्धन गर्नका लागि आफ्नो मोबाइल बैंकिङ एपमार्फत विभिन्न एयरलाइन्सको टिकट बुकिङमा २० प्रतिशतसम्म क्यासब्याक हुने आकर्षक योजना सार्वजनिक गरेको छ ।
यही असार १२ देखि १८ गतेसम्म लागू हुने गरी ल्याएको यस योजनामा बैंकका ग्राहकहरूले NIC ASIA MoBank प्रयोग गरी टिकट बुकिङ तथा खरिद गर्न सक्नेछन् । डिजिटल बैंकिङको अवधारणाअनुरुप NIC ASIA MoBank मार्फत टिकट बुकिङमा ग्राहकहरुले पहिलो टिकट बुकिङमा ५ सय रुपैयाँ अधिकतम एंव दोश्रो पटकबाट एक सय रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।
यस बैंकले ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीतिअनुरुप सम्पूर्ण बैंकिङ सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने उद्देश्य लिएको छ । पछिल्लो समय ग्राहकलाई जुनसुकै स्थानबाट, जुनसुकै समयमा बैंकिङ सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले यस बैंकले Self Help बैंकिङको अभ्यासलाई iServe मार्फत अघि बढाइरहेको छ । जसअनुसार बैंकले यस एपबाट निक्षेप खाताको जानकारी, एकाउण्ट स्टेटमेन्ट, रकम ट्रान्सफर, आन्तरिक रेमिट्यान्स, अनलाइन खाता खोल्ने, मुद्दति निक्षेप खोल्ने, बैंकका शाखा तथा एटीएमको जानकारी, मोबाइल टपअप, युटिलिटी बिल भुक्तानी, आइपीओ आवेदन लगायतका सुविधाहरू ग्राहकहरूले जुनसुकै स्थानबाट, जुनसुकै समयमा उपभोग गर्न सक्ने बैंकले जनाएको छ ।
प्रकाशित समय ००:३५ बजे