nmb bank

गृहपृष्ठ थप २९ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितकाे संख्या १९२ पुग्यो

थप २९ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितकाे संख्या १९२ पुग्यो

थप २९ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितकाे संख्या १९२ पुग्यो

पछिल्लो २४ घण्टामा थप २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस अवधिमा कसैको मृत्‍यु भएको छैन ।

१ हजार ७७ जनाको पीसीआर परीक्षणमा २१ जना र ६५३ जनाको एन्टीजेन परीक्षणमा ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट १७ जना निको भएका छन् भने हाल देशभर १९२ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये १८६ जना होम आइसोलेसनमा रहेका छन् भने ६ जना संस्थागत आइशोलेशन र ३ जना आईसीयूमा छन् ।

आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ९६५ पुगेको छ । नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५२ रहेको छ भने ९ लाख ६७ हजार ३८९ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित समय : २२:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु