global ime bank Long Banner Ad

गृहपृष्ठ गण्डकी प्रदेशमा बढाइएको सवारी कर र जाँचपास नीति खारेज गर्न माग

गण्डकी प्रदेशमा बढाइएको सवारी कर र जाँचपास नीति खारेज गर्न माग

गण्डकी प्रदेशमा बढाइएको सवारी कर र जाँचपास नीति खारेज गर्न माग

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले गण्डकी प्रदेश सरकारले बढाएको सवारी कर फिर्ता लिन माग गरेको छ । साथै छ/छ महिनामा जाचँपास गर्नुपर्ने नीति अव्यवहारिक भएको भन्दै नाडाले सो व्यवस्था तत्काल खारेज गर्न माग गरेको हो ।

‘गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सवारी साधनहरुको वार्षिक करमा गरेको भारी मात्राको वृद्धि तथा ६/६ महिनामा सवारी साधनहरु जाँचपास गर्नुपर्ने अव्यवहारिक तथा जनतालाई दुःख दिने झन्झटिलो नीति अविलम्व खारेज गरि पुरानै व्यवस्था कायम गर्न माग गरेको छ’, नाडाद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

सबै प्रदेशहरुमा सवारी साधनहरुको कर समान हुनुपर्ने माग राख्दै आएको नाडाले केहि महिनाअघि मात्रै ७ वटै प्रदेशका मन्त्रीहरुको बैठक बसि सबै प्रदेशहरुमा समान सवारी कर लागु गर्ने सहमति भइसकेको अवस्थामा कर बढाइएको जनाएको छ ।

समान कर नीति अवलम्बन गर्ने सहमति विपरित गण्डकी सरकारले भारी मात्रामा सवारी कर वृद्धि गर्नुका साथै ६/६ महिनामा सवारी जाचँपास गर्नुपर्ने नीति समेत ल्याएको भन्दै बिरोध जनाएको हो ।

प्रकाशित समय : १५:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु