global ime bank Long Banner Ad

गृहपृष्ठ उपराष्ट्रपति पुन स्वास्थ्य जाँचका लागि नर्भिकमा

उपराष्ट्रपति पुन स्वास्थ्य जाँचका लागि नर्भिकमा

उपराष्ट्रपति पुन स्वास्थ्य जाँचका लागि नर्भिकमा

उपराष्ट्रपति नन्दबहादुर पुन  शुक्रबार थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटल पुगेका छन् । उपराष्ट्रपति पुन दाहिने साइडको पाता दुख्ने समस्या भएपछि उनी नर्भिक इन्टरनेसनल अस्पताल पुगेका हुन् । 

उनले अस्पताल पुगेर नियमित स्वास्थ्य जाँच गराएका थिए । उपराष्ट्रपति पुनलाई डा.लक्ष्मण रिजाल र डा.शिवजी सिलवालले स्वास्थ्य परीक्षण गरेको अस्पतालले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

अस्पतालले जारी गरेको प्रेस नोटमा उल्लेख भएअनुसार अस्पतालमा उनको दाहिने पाताको एक्सरे, विभिन्न खालका रगत परीक्षण, मुटुका लागि इको तथा टिएमटी लगायतका परीक्षण गरिएको थियो । सो क्रममा उनको स्वास्थ्यमा खासै समस्या नदेखिएको चिकित्सहरुले बताएका छन् । 
 

प्रकाशित समय : २१:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु