global ime bank Long Banner Ad

गृहपृष्ठ बैंक अफ काठमाण्डूले गर्‍यो गण्डकी प्रदेशका विभिन्न स्थानमा घरदैलो कार्यक्रम 

बैंक अफ काठमाण्डूले गर्‍यो गण्डकी प्रदेशका विभिन्न स्थानमा घरदैलो कार्यक्रम 

बैंक अफ काठमाण्डूले गर्‍यो गण्डकी प्रदेशका विभिन्न स्थानमा घरदैलो कार्यक्रम 

बैंक अफ काठमाण्डू लिमिटेडले सहज बैंकिङ प्रदान गर्ने उद्देश्यले बैंकका गण्डकी प्रदेश अन्तर्गतका विभिन्न शाखा कार्यालयहरुले घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकको गण्डकी प्रदेशअन्तर्गतका बाग्लुङ, बेनी, दमौली, खैरेनीटार, पोखरा, सुदरबजार, पावरहाउस, बगर तथा वालिङ्ग लगायत शाखा कार्यालयहरुले आफ्नो नजिकको स्थानहरुमा घरदैलो कार्यक्रम गरि बैंकको नयाँ योजनाहरुको बारेमा जानकारी दिएका हुन् । 

बैंकले हालै सार्वजनिक गरेको २ निक्षेप योजनाहरुको जानकारीमूलक तथा विभिन्न बैंकिङ सेवाहरुको जानकारी प्रदान गर्ने उद्देश्यले सञ्चालन गरीएको उक्त घरदैलो कार्यक्रममा बैंकका विभिन्न शाखा कार्यालयका कर्मचारीको सहभागिता रहेको थियो ।

बैंकले आकर्षक विशेषताहरुसहित ४ गुणासम्मको प्रतिफल भएको बिओके सुपर मुद्दती खाता सार्वजनिक गरेको थियो । उक्त ४ गुणासम्म प्रतिफल प्रदान गर्ने मुद्दती खातामा क्रेडिट कार्ड जारी शुल्कमा विशेष छुटको सुविधा, मौज्दात रकमको ९० प्रतिशतसम्म ऋणको सुविधासहित २ लाख सम्मको क्रेडिट कार्ड सुविधा रहेको बैंकले जनाएको छ । 

साथै, बिओके प्रिमियम प्लस बचत खातामा उच्चतम् ब्याजदर ८.०३ प्रतिशतको वार्षिक ब्याजदरसहित थुप्रै निःशुल्क सेवाहरु समावेश गरी ग्राहकहरुको फाइदालाई ध्यानमा राखी सार्वजनिक सार्वजनिक गरेको हो ।

बैंक अफ काठमाण्डू लिमिटेडले १०३ शाखा कार्यालयहरु, ९७ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । 

प्रकाशित समय : २१:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु