global ime bank Long Banner Ad

गृहपृष्ठ नेक्सस कप टी–२० क्रिकेट : अपन राधेमाईको फराकिलो जित

नेक्सस कप टी–२० क्रिकेट : अपन राधेमाईको फराकिलो जित

नेक्सस कप टी–२० क्रिकेट : अपन राधेमाईको फराकिलो जित

 ‘यु–१६ नेक्सस कप टी–२० क्रिकेट सिजन ५’ अन्तर्गत अपन राधेमाई युवा क्लबले जित हात पारेको छ । 

बागमती खेलकुद विकास परिषद्को सहकार्यमा नेक्सस क्रिकेट एकेडेमीद्वारा आयोजित प्रतियोगितामा राधेमाईले भक्तपुर क्रिकेट सेन्टर (बीसीसी) लाई ७७ रनको फराकिलो अन्तरले पराजित गर्‍यो ।

पहिलो ब्याटिङ गरेको राधेमाईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३९ रन बनायो । शशी पारितले ५३, सफ्वान अलीले २२ र रुहुल हक अन्सारीले २० रन जोडे । भक्तपुरका आयान सिलवालले २ विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रेको बीसीसी १८.१ ओभरमा ६२ रनमा समेटियो । राधेमाईका सल्मान अली मन्सुरी र अनिश साह कनुले ३–३ विकेट लिए ।

अर्को खेलमा आस्था कलेज, झापाले ओसिस क्रिकेट एकेडेमीलाई २ विकेटले हरायो । ओसिसले पूरा २० ओभर खेल्दै ७ विकेट क्षतिमा १०० रनको योगफल बनायो । ओसिसका सूर्यान्शु कोइरालाले ३७ तथा निश्चल श्रेष्ठले २१ रन बनाए । 

आस्थाका सौजन घिमिरेले ३ तथा संगम बुढाथोकीले १ विकेट लिए ।

१०१ रनको लक्ष्य पछ्याएको आस्थाले १७.१ ओभरमा ८ विकेट गुमाउँदै भेटायो । आस्थाका सौजन घिमिरेले ९ बलमा २ छक्कासहित २१ रन बनाए । ओसिसका बीके शर्माको नाममा ३ विकेट रह्यो ।

प्रकाशित समय : १९:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु