गृहपृष्ठ पूर्वओलम्पिक अध्यक्ष शरद चन्द शाहको फोटो प्रदर्शनी
पूर्वओलम्पिक अध्यक्ष शरद चन्द शाहको फोटो प्रदर्शनी
नेपाली खेलकुदका इतिहास शरद चन्द शाहको बिहीबार राजधानीको नक्सालस्थित नाफा आर्ट ग्यालरीमा फोटो प्रदर्शनी भएको छ ।
‘ओलम्पिक डे’ को अवसरमा शरद चन्द शाह प्रतिष्ठान र स्पोर्टस् फर अलले संयुक्तरुपमा पूर्वओलम्पिक अध्यक्ष एवं राखेपका सदस्य सचिव स्व.शाहले नेपाली खेलकुदलाई उचाइमा पुर्याउन गरेको योगदानको सम्झना गर्दै विविध पक्षलाई समेटेर फोटो प्रदर्शनी गरेको हो ।
कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले नेपाली खेलकुदलाई उचाइमा पुर्याउन सफल भएकोमा पूर्वसदस्य सचिव शरद चन्द्र शाहप्रति विशेष सम्मान र श्रद्धा व्यक्त गर्दै हार्दिक श्रद्धान्जली व्यक्त गरे ।
अहिलेसम्म भएका सदस्य सचिवहरुमध्ये ऐतिहासिक कार्य गर्न सफल शाह आफ्नो पनि प्रेरणको श्रोत रहको भन्दै कसैको अबमूल्यन नभइ पूर्वनेतृत्वले गरेका कामहरुलाई निरन्तरता प्रदान गर्ने र अपुग भएका कामलाई पूर्णता प्रदान गर्नेतर्फ पहल गर्नु पर्नेमा जोड दिए । शाहको फोटो प्रदर्शनले हिजोका दिनमा भएका कार्यहरुबाट नयाँ सोचको विकास गर्न मद्धत पुगेको उनले बताए ।
सदस्य सचिव घिसिङले खेलकुद सबैको साझा भएकाले यहाँ कुनै राजनैतिक स्वार्थ हुन नहुने बताए । खेलकुद मात्र एक त्यस्तै क्षेत्र हो जसले सवैलाई एकै ठाउँमा बाँध्न सक्ने र विश्वमा नेपाल र नेपालीलाई पहिचान गराउन सक्ने भन्दै नेपाली खेलकुदको विकासमा प्रतिष्ठानसँग हातेमालो गरेर अगाडि बढ्न सधैँ तत्पर रहेको बताए ।
प्रकाशित समय : २०:०२ बजे



















