nmb bank

गृहपृष्ठ अप्पर सोलु हाइड्रोले आइपीओ निष्काशन गर्दै 

अप्पर सोलु हाइड्रोले आइपीओ निष्काशन गर्दै 

अप्पर सोलु हाइड्रोले आइपीओ निष्काशन गर्दै 

अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले असार २० गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका १९ लाख ५७ हजार ५०० कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो ।

निष्काशन गरिने कुल सेयरमध्ये ३९ हजार १५० कित्ता कर्मचारीहरुका लागि ९७ हजार ८७५ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । लगानीकर्ताले बाँकी १८ लाख २० हजार ४७५ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

न्यूनतम १० कित्ता सेयर खरिदका लागि आवेदन दिनु पर्ने छ भने अधिकतममा १ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । सो आइपीओको निष्काशन बन्द छिटोमा असार २३ गते हुने छ भने सो अवधिसम्म आवेदन नपरेमा आवेदन दिने म्याद साउन २ गतेसम्म रहेको छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सक्नेछन् । 

आइपीओ निष्काशनका लागि गराएको रेटिङमा इक्रा नेपाले कम्पनीलाई इक्राएनपी आईआर डबल बी प्लस रेटिङ प्रदान गरेको छ । कम्पनीले सोलुखुम्बु जिल्लाको सोलु खोलामा २३ दशमलव ५ मेगावाट क्षमताको सोलु जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आयोजनाको २३ मेगावाट विद्युत् उत्पादन क्षमता रहेको छ ।

प्रकाशित समय : १९:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु