गृहपृष्ठ महालक्ष्मी विकास बैंकद्वारा युनियनपेसँगको सहकार्यमा क्यूआर भुक्तानी सेवा सुरु
महालक्ष्मी विकास बैंकद्वारा युनियनपेसँगको सहकार्यमा क्यूआर भुक्तानी सेवा सुरु
काठमाडौं । महालक्ष्मी विकास बैंकले फोनपे क्यूआर मर्चेन्ट नेटवर्क मार्फत युनियनपे वालेट प्रयोगकर्ताबाट नेपालभित्रै क्यूआर कोडको भुक्तानी स्वीकार गर्ने सुविधा सुरुवात गरेको छ ।
ग्राहकलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ सुविधा उपलब्ध गराउँदै आएको बैंकले यो सेवा युनियनपे इन्टरनेसनलसँगको सहकार्यमा फोनपे मार्फत लागु गरेको हो ।
यस सुविधाको सुरुवातसँगै युनियनपे डिजिटल प्रयोगकर्ताले नेपालभरि रहेका महालक्ष्मी विकास बैंकका क्यूआर मर्चेन्टहरूमा सजिलै स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् ।
विशेष गरी चीन लगायतका विभिन्न देशबाट नेपाल आउने पर्यटक यस सुविधाबाट लाभान्वित हुनेछन् भने यात्राको क्रममा नगद बोक्नु पर्ने बाध्यतालाई कम गर्नेछ ।
सन् २००२ मा स्थपना भएको युनियनपे विश्वका ठूला भुक्तानी सेवा प्रदायकमध्ये एक हो जसको ९.६ अर्ब भन्दा बढी कार्ड जारी भएका छन् भने १८० भन्दा बढी देश तथा क्षेत्रमा यसको स्वीकृति रहेको छ । यस सेवाको सुरुवातसँगै हाल नेपालमा प्रदान भइरहेको क्यूआर पुर्वाधार अझ प्रभावकारी हुने बैंकको भनाइ छ ।
प्रकाशित समय : १६:५५ बजे



















