nmb bank

गृहपृष्ठ धितोपत्र बोर्डको अध्यक्ष छान्न समिति गठन

धितोपत्र बोर्डको अध्यक्ष छान्न समिति गठन

धितोपत्र बोर्डको अध्यक्ष छान्न समिति गठन

काठमाडौं : नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सरकारले सिफारिस समिति गठन गरेको छ।

योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टको संयोजकमा सिफारिस समिति गठन गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमल्सिनाले जानकारी दिए।

सिफारिस समितिमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र भुवन कुमार दाहाल सदस्य रहनेछन्।

बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले गत शुक्रबार राजीनामा दिएका थिए। उनले अर्थ मन्त्रालयमा राजीनामा पत्र बुझाएका थिए।

अध्यक्ष पद रिक्त भएपछि सरकारले सिफारिस समिति गठन गरेर नियुक्ति प्रक्रिया अगाडि बढाएको हो।

प्रकाशित समय : १७:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु