global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ एनएमबी बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारमा १० प्रतिशत छुट

एनएमबी बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारमा १० प्रतिशत छुट

एनएमबी बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारमा १० प्रतिशत छुट

एनएमबी बैंकका ग्राहकहरुले अन्नपूर्ण केबलकारमा छुट पाउने गरी सम्झौता गरिएको छ । 

सम्झौता अनुसार बैंकका ग्राहकहरुले पोखराको अन्नपूर्ण केबलकारको टिकट खरिद गर्दा र एनएमबी बैंकको क्रेडिट, डेबिट कार्ड र मोबाइल बैंकिङबाट भुक्तानी गर्दा १० प्रतिशत छुट पाउनेछन् । बैंकले डिजिटल बैंकिङ अभियान अन्तर्गत नगदसहितबाट नगदरहित डिजिटल कारोबारतर्फ लाग्न आफ्ना ग्राहकहरुलाई उत्प्रेरित गर्दै आएको विज्ञप्तिमा उल्लेख छ ।

एनएमबी बैंक दि फिनान्सियल टाइम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो । एनएमबी बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि  ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेको छ ।

एनएमबी बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटीएमहरु र ११ एक्सटेन्सन काउन्टरमार्फत् उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ । 

प्रकाशित समय : २३:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु