काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

प्रतिनिधि सभा बैठक बस्दै, यी हुन् सम्भावित कार्यसूची

5.67K
shares

आज सोमबार प्रतिनिधि सभाको बैठक बस्दै छ । दिउँसो १ बजेका लागि तय बैठकमा विभिन्न विधेयकहरू दफावार छलफलका लागि पेस तथा पारित गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन विधयेका २०७९ दफावार छलफलका लागि पेस गर्नेछन् । यस्तै, आर्थिक विधेयक २०७९ माथि छलफल गरी प्राप्त संशोधनहरुलाई निर्णायार्थ प्रस्तुत गरिने पनि संसद् सचिवालयले जनाएको छ ।

सोमबारकै बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक २०७९ लाई पारित गरियोस् भनी प्रस्ताव पेस गर्नेछन् । संसद् सचिवालयका अनुसार मन्त्री शर्माले ‘राष्ट्र ऋण उठाउने विधेयक २०७९ लाई दफावार छलफल गरी पारितका लागि प्रस्ताव गर्ने कार्यसूची रहेको छ ।

कार्यसूची :