गृहपृष्ठ एन्फा निर्वाचन आज, कुन-कुन पदमा को-को भिड्दैछन् ?
एन्फा निर्वाचन आज, कुन-कुन पदमा को-को भिड्दैछन् ?

अखिल नेपाल फुटबल संघ (एन्फा)को नयाँ नेतृत्व चयनका लागि आज सोमबार निर्वाचन हुदैछ । बुढानिलकण्ठस्थित पार्कभिलेज रिसोर्टमा हुने निर्वाचन कार्यक्रम बिहानदेखि सुरू भएकाे छ । सुरुवातमा उद्घाटन सत्र र त्यसपछि निर्वाचन प्रक्रिया अघि बढ्ने एन्फाले जनाएको छ ।
संघको आगामी चार वर्षे कार्यकालका लागि नयाँ नेतृत्वमा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा, वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्वाङ र राजिव पौडेल प्रतिस्पर्धामा छन् । प्यानलसहित चुनावी मैदानमा उत्रिएका शेर्पा र नेम्वाङबीच चर्को प्रतिस्पर्धा छ । निर्वाचनकाे परिणाम आज बेलुकीसम्म आइसक्ने एन्फाले जनाएकाे छ ।
निर्वाचनमा कुल ८४ मत रहेकाे छ । जिल्लाबाट ४२, ‘ए’ डिभिजन लिगको क्लबबाट १४, ‘बी’ डिभिजन लिगको क्लबबाट ११, ‘सी’ डिभिजन लिगको क्लबबाट ९, खेलाडी संघ, प्रशिक्षक संघ, रेफ्री संघ, महिला संघ र एन्फा प्रेसिडेन्ट कपबाट राष्ट्रिय लिगका लागि छनोट भएका चार क्लबको ४ गरी कुल ८४ मत रहेको छ ।
कुन पदमा काे-काे उम्मेदवार ?
अध्यक्ष
वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा, वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ, फ्रेण्ड्स क्लबका पूर्व अध्यक्ष राजिव पौडेल ।
वरिष्ठ उपध्यक्ष
शेर्पा पक्षबाट सरस्वती क्लबका अध्यक्ष शिक्षित पराजुली र नेम्वाङ पक्षबाट वर्तमान उपाध्यक्ष वीरबहादुर खड्का ।
उपाध्यक्ष
शेर्पा पक्ष- वर्तमान कार्यसमितिका उपाध्यक्ष उपेन्द्रमान सिंह, दीर्घबहादुर केसी (कुमार) र रत्नकुमार श्रेष्ठ र विज्ञानराज शर्मा ।
नेम्वाङ पक्ष- काठमाडौं जिल्ला फुटबल संघका अध्यक्ष विराटजंग शाही, वर्तमान केन्द्रीय सदस्य दावा लामा, एनआरटीका अध्यक्ष सुन्दरनरसिंह जोशी र धादिङ जिल्ला फुटबल संघका अध्यक्ष दीपक खतिवडा ।
खुला सदस्य
शेर्पा पक्ष- प्रविणकुमार यादव, रूपेश अधिकारी, दीपक थापा, लोकेन्द्र गुरुङ, रामराजा गुरुङ, टिकाराम लामा, प्रदेशसिंह राठौर, भरत बुदथापा, अनील श्रेष्ठ, रमेश व्यन्जनकार, मणिराज विष्ट, विनोद लामा र मनिश जोशी ।
नेम्वाङ पक्ष- भोजराज शाही, नेपाल कार्की, प्रवीण सुवाल, पुरुषोत्तम थापा, महेन्द्र क्षेत्री, विजय घले, तपेश्वरकुमार राउत, विकासनारायण श्रेष्ठ, निरज खड्गी, दीपेन्द्र धिमाल, अनिल मल्ल, रवीन्द्र चन्द र मुखिया लामा लिली ।
महिला सदस्य
शेर्पा पक्षब- पेमा डोल्मा लामा र विना श्रेष्ठ ।
नेम्वाङ पक्ष- विन्द्रा देवान र सरिला श्रेष्ठ ।
प्रकाशित समय : १५:५० बजे