global ime bank Long Banner Ad

गृहपृष्ठ ‘मेरो बोली सुन्दा’को फिमेल भर्सन सार्वजनिक (भिडियो)

‘मेरो बोली सुन्दा’को फिमेल भर्सन सार्वजनिक (भिडियो)

‘मेरो बोली सुन्दा’को फिमेल भर्सन सार्वजनिक (भिडियो)

'मेरो बोली सुन्दा'काे फिमेल भर्सनमा सार्वजनिक भएको छ ।  १ दशकअघि सार्वजनिक यो गीत मेल भर्सनमा निकै लोकप्रिय भएको थियो । मुनाल शिशिर कोइरालाको शब्द तथा नरहरि प्रेमीको संगीत रहेको यस गीतमा गायिका सुजाता केसीले स्‍वर दिएकी छन् । गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका हुन् ।

म्युजिक भिडियोमा दिक्पाल कार्की, रोशनी कार्की र इष्टु कार्कीले अभिनय गरेका छन् । सुजन श्रेष्ठले छायाँकन गरेको भिडियोलाई दिन्सन शाहले सम्पादन गरेका हुन् । मुनाल शिशिर कोइरालाको निर्देशनमा भिडियो तयार पारिएको हो ।

भिडियो गायिका केसीको आधिकारिक च्यानल 'सुजाता केसी' मार्फत सार्वजनिक भएको हो ।  यसअघि गायिका केसीको स्वरमा समावेश 'बतास बनी', 'जाल बुन्यो माकुराले', 'कुरा सिधा छ' लगायत थुप्रै गीतहरु सार्वजनिक भैसकेका छन् ।

https://www.youtube.com/watch?v=YitYSWE_1R0

प्रकाशित समय : १६:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु