गृहपृष्ठ हुवावेको मुख्य प्रायोजनमा साइबर सेक्युरिटीसम्बन्धी कार्यक्रम हुँदै
हुवावेको मुख्य प्रायोजनमा साइबर सेक्युरिटीसम्बन्धी कार्यक्रम हुँदै

‘सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एन्ड इनोभेसन’ (सीएसआरआई)को आयोजनामा साइबर सुरक्षा सम्बन्धी कार्यक्रम आयोजना गरिने भएको छ । हुवावेको मुख्य प्रायोजनमा कार्यक्रम गर्न लागिएको हो ।
बिहीबार सीएसआरआईका अध्यक्ष प्रा.डा. सुवर्ण शाक्य र हुवावे इन्टरनेसनल सिंगापुरका ग्लोबल पब्लिक सर्भिसेज इन्डस्ट्री एक्स्पर्ट प्याट्रिक लो बेन्ग ची सहितको भेटघाटमा कार्यक्रमको मुख्य प्रायोजक निश्चित गरिएको थियो ।
कार्यक्रमलाई ‘बहुपक्षीय सरोकारवालाबीच साइबर सुरक्षा नीति र प्रक्रियामाथिको छलफल’ नाम दिइएको छ । कार्यक्रमको आयोजक संस्था सीएसआरआई नेपालको सूचना सञ्चार तथा प्रविधि र साइबर सुरक्षाको क्षेत्रमा खोज, अनुसन्धान, नवप्रवर्तन, तालिम तथा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको संस्था हो ।
प्रकाशित समय : १५:५३ बजे