गृहपृष्ठ कीभ पुगे फ्रान्सेली राष्ट्रपति, जर्मन चान्सलर र इटालीका प्रधानमन्त्री

कीभ पुगे फ्रान्सेली राष्ट्रपति, जर्मन चान्सलर र इटालीका प्रधानमन्त्री

कीभ पुगे फ्रान्सेली राष्ट्रपति, जर्मन चान्सलर र इटालीका प्रधानमन्त्री

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन, जर्मन चान्सलर ओलाफ स्कोल्ज र इटालीका प्रधानमन्त्री मारियो द्राघी युक्रेनकाे राजधानी कीभ पुगेका छन् । बिहीबार बिहान उनीहरू पोल्याण्डबाट रेल चढी कीभ पुगेका हुन् ।

एएफपी भिडियोद्वारा प्रसारित भिडियोमा तीन नेताहरू रेलको डिब्बामा सँगै बसेको देखाइएको थियो । रुसले गत फेब्रुअरी २४ मा युक्रेनमा आक्रमण गरेपछि युरोपेली संघका तीन देशका नेताहरूले कीभको भ्रमण गरेको यो पहिलो पटक हो ।

उनीहरूले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई भेट्ने छन् । कीभले इयूको सदस्यताका लागि जोड दिइरहेको बेला यो भ्रमण भएको हो ।

प्रकाशित समय : १९:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु