nmb bank

गृहपृष्ठ ‘वार्षिक ७० अर्बको विद्युत निर्यात गर्न सकिन्छ’

‘वार्षिक ७० अर्बको विद्युत निर्यात गर्न सकिन्छ’

‘वार्षिक ७० अर्बको विद्युत निर्यात गर्न सकिन्छ’

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आगामी पाँच वर्षमा हरेक वर्ष ७० अर्ब रूपैयाँ बढीको विद्युत् निर्यात गर्न सकिने बताएकी छन् । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०७९ अन्तर्गत ऊर्जा मन्त्रालय शीर्षकको विनियोजनमाथिको छलफलका क्रममा उठेका जिज्ञासाको जवाफ दिँदै उनले आगामी आर्थिक वर्ष वर्षायाममा मात्रै करिब १५ देखि २० अर्ब रूपैयाँ बराबरको अतिरिक्त विद्युत निर्यात गर्न सकिने बताइन् ।

हाल वर्षायाममा बढी हुने ३६४ मेगावाट विद्युत् प्रतिस्पर्धी बजारमा दैनिक १० देखि १२ करोडको विद्युत भारत निर्यात गरिरहेको जनाउँदै उनले आन्तरिक माग धान्न भारतबाट आयात गरिएको विद्युतकाे मूल्यभन्दा वर्षायाममा नेपालले निर्यात गरेको विद्युतकाे मूल्य बढी रहेको बताइन् । उनले भनिन्, 'गत सुख्खायाममा देशको आन्तरिक माग धान्न भारतबाट आयात भएको विद्युतकाे औसत मूल्य नौ रुपैयाँ सात पैसा प्रतियुनिट रहेको छ भने यो वर्षातमा अहिलेसम्मको निर्यातको औसत दर ११ रुपैयाँ ३८ पैसा प्रतियुनिट रहेको छ ।'

विद्युत् उत्पादनका क्षेत्रमा उल्लेखनीय योगदान गर्दै आएको निजी क्षेत्रलाई नेपालमा खपत भएर बढी हुने अतिरिक्त विद्युत् निर्यातका लागि अन्तरदेशीय विद्युत् व्यापारको अनुमति दिने प्रक्रिया अगाडि बढाइएको उनको भनाइ छ । मन्त्री भुसालले उपलब्ध जलस्रोतको अधिकतम फाइदा हुनेगरी तीनवटै तहका सरकारबाट समन्वयात्मक रुपमा आयोजनाको विकास गर्न नदी बेसिन योजना र जलविद्युत गुरुयोजना तयार गरी कार्यान्वयनमा ल्याउने प्रतिबद्धता व्यक्त गरिन् ।

प्रकाशित समय : ०२:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु