गृहपृष्ठ अर्थ मन्त्रालयले भन्यो– बजेट निर्माणमा असम्बन्धितको सहभागिता छैन
अर्थ मन्त्रालयले भन्यो– बजेट निर्माणमा असम्बन्धितको सहभागिता छैन

अर्थमन्त्री जनार्दन शर्मासँग जोडिएर आएका समाचारप्रति ध्यानाकर्षण भएको अर्थ मन्त्रालयले जनाएको छ । आज अन्नपूर्ण पोस्टमा प्रकाशित ‘मध्यराति बजेटमा जब चुकुल लाग्यो..’ समाचारप्रति ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको हो ।
मुलुकको अर्थतन्त्रको विकास र सुधारका विषयमा निरन्तर क्रियाशील अर्थमन्त्रीका बारेमा भ्रम सिर्जना हुने गरी तथ्य र तर्कभन्दा टाढा रही कपोलकल्पित र भ्रमपूर्ण विषय राखेर समाचार प्रसारण हुनु भ्रमपूर्ण रहेको विज्ञप्तिमा जनाइएको छ ।
मन्त्रालयले बजेट निर्माणका क्रममा तोकिएका जिम्मेवार पदाधिकारीहरु बाहेक अरु कसैको सहभागिता नरहेको दाबी गरेको छ ।
प्रकाशित समय : ०१:४५ बजे