global ime bank Long Banner Ad

गृहपृष्ठ पाकिस्तानका पूर्वप्रधानमन्त्रीद्वारा वर्तमान प्रधानमन्त्रीलाई चुनौती

पाकिस्तानका पूर्वप्रधानमन्त्रीद्वारा वर्तमान प्रधानमन्त्रीलाई चुनौती

पाकिस्तानका पूर्वप्रधानमन्त्रीद्वारा वर्तमान प्रधानमन्त्रीलाई चुनौती

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले वर्तमान प्रधानमन्त्री शेहबाज शरिफलाई आगामी निर्वाचन जितेर देखाउन चुनौती दिएका छन् ।

अल्पमतमा परेपछि पूरा कार्यकाल जिम्मेवारी लिन नपाई प्रधानमन्त्री पदबाट बाहिरिएका खानले आफैँलाई विस्थापित गरेका वर्तमान प्रधानमन्त्री सरिफलाई चुनौती दिएका हुन् ।

पाकिस्तान तेहरिक ए इन्साफ (पीटीआई) का अध्यक्षसमेत रहेका खानले आगामी निर्वाचनमा पनि आफ्नो पार्टीले नै बहुमत ल्याउने दाबी गरे । अहिले भइरहेको गठबन्धन सरकारमा सहभागी दलहरुले आगामी निर्वाचन जित्नु असम्भव रहेको उनको भनाइ छ ।

आगामी निर्वाचनपछिको नतिजामा गठबन्धनका दलहरु र आफ्नो पार्टीका बीचमा ठुलो अन्तर हुने पनि पूर्वप्रधानमन्त्री खानले दाबी गरे। उनले वर्तमान सरकारको समेत चर्को आलोचना गर्दै आगामी निर्वाचनमा सरकारमा सहभागी सबै दललाई हराउन आम नागरिकलाई अनुरोध पनि गरे।

सरकारका गलत क्रियाकलापका बारेमा आफ्नो पार्टीले सर्वोच्च अदालतबाट कानुनी उपचार खोज्ने उनले जानकारी दिए ।आफुले कोरोना भाइरसको महामारी फैलिएको बेलामा पनि धेरै काम गरेको दाबी गर्दै उनले अहिलेको सरकारले भने जनताको पक्षमा केही काम गर्न नसकेको आरोप लगाए ।

प्रकाशित समय : २१:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु