global ime bank Long Banner Ad

गृहपृष्ठ कृषकलाई छिटो मल उपलब्ध गराउन सरकारलाई सभामुखको रुलिङ

कृषकलाई छिटो मल उपलब्ध गराउन सरकारलाई सभामुखको रुलिङ

कृषकलाई छिटो मल उपलब्ध गराउन सरकारलाई सभामुखको रुलिङ

सभामुख अग्निप्रसाद सापकोटाले यथाशिघ्र कृषकहरुलाई मल उपलब्ध गराउन सरकारलाई निर्देशन दिएका छन् । 

प्रतिनिधिसभाको आइतबारको बैठकमा सभामुख सापकोटाले खेतीपातीका समयमा यथाशिघ्र कृषकहरुलाई मल उपलब्ध हुनसक्नेगरी व्यवस्थापन गर्न, सम्बन्धित मन्त्री एवं नेपाल सरकारलाई निर्देशन दिएका हुन् । खेतीको समयमा पनि मल उपलब्ध नभइरहेको सन्दर्भमा आफ्नो ध्यानाकर्षण भएको उनले बताए । 

त्सअघि बैठकको शून्य समयमा बोल्ने सांसद्हरुले खेतिको समयमा पनि मलको अभाव भएको भन्दै मलको व्यवस्थापन गराउन ध्यानाकर्षण गरेका थिए । सांसद लक्ष्मी परियारले नीति तथा कार्यक्रममा किसान केन्द्रित निकै राम्रा कार्यक्रम आएपनि मल नपाउनु दुःखद् भएको बताए ।

 त्यस्तै सांसद् बिनादेवी बुढाथोकीले मल समस्या समाधानका लागि सरकारले कुनै पहल नगरेको बताइन् ।

अन्य सांसदहरुले हरेक वर्ष हुने मल अभावको समस्या दीर्घकालिन रुपमा नै समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित समय : १९:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु