गृहपृष्ठ सानिमा बैंकले ल्यायो ‘ग्रीन पिन’
सानिमा बैंकले ल्यायो ‘ग्रीन पिन’
सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि ‘ग्रीन पिन’ ल्याएको छ । ग्रीन पिन कार्डका लागि बनाइएको कागजविहीन पिन हो ।
ग्राहकहरुले बैंक खातामा दर्ता भएको मोबाइल नम्बरमा एसएमएसद्वारा पाएको कोडबाट आफ्नो डेबिट/क्रेडिट कार्डको पिन परिवर्तन गर्न सक्नेछन् । उक्त कोड पाएको २४ घण्टाभित्र नजिकैको सानिमा बैंकको एटीएममा गएर पिन परिवर्तन गर्नु पर्ने छ ।
ग्रीन पिनको मुख्य उद्देश्य कागजी पिनलाई निरुत्साहित गर्नु र डिजिटल बैंकिङलाई अझ सहज, सुरक्षित र सुविधाजनक बनाउनु रहेको बैंकले जनाएको छ ।
सानिमा बैंकको देशको सातै प्रदेशमा १२६ वटा कार्यालय तथा ११७ वटा एटीएम सञ्चालनमा रहेका छन् ।
प्रकाशित समय : १८:०० बजे

















