global ime bank Long Banner Ad

गृहपृष्ठ सरकारले रासायनिक मलमा ‘माल’ नपाउँदासम्म मलको अभाव भइरहन्छ : योगेश भट्टराई 

सरकारले रासायनिक मलमा ‘माल’ नपाउँदासम्म मलको अभाव भइरहन्छ : योगेश भट्टराई 

सरकारले रासायनिक मलमा ‘माल’ नपाउँदासम्म मलको अभाव भइरहन्छ : योगेश भट्टराई 

नेकपा (एमाले)का सांसद् योगेशकुमार भट्टराईले रासायनिक मल अभावमा कृषकहरु पीडामा परिरहेका बेला पाँच दलीय गठबन्धन सरकार रमिते बनेको आरोप लगाएका छन् । 

विनियोजन विधेयक, २०७९ विभिन्न शीर्षकहरुमा प्रतिनिधिसभामा जारी छलफलका क्रममा बुधबार सहभागी कृषि मन्त्रालयको कार्यक्रमबारे बोल्दै भट्टराईले सरकारमाथि प्रश्न उठाएका हुन् । 

भट्टराईले किसानले मल नपाएर खेती लगाउन नपाएको अवस्थामा पनि सरकारले रासायनिक मल ल्याउन आनाकानी गरेको दाबी गरे । 

‘बालीनाली लगाउने बेला भइसकेको छ । मलको हाहाकार छ । हामीले सुनिरहेका छौँ मल खोज्न कृषिमन्त्री भारततिर जानुभएको  छ । कहाँ पुग्नुभयो ? उहाँको हालखबर के छ ? मल आउँछ कि आउँदैन ?,’ उनले प्रश्न गरे,‘मल लिएर आउनुहुन्छ कि आउनुहुन्न ? मल नपाएर कृषिमन्त्री थकित भएर उतै निर्वासित हुनुभयो कि भन्ने आशंका पनि छ ।’ 

उनले मल ल्याउन समस्या नभए पनि अहिलेको सरकारले मल ल्याउन नै नखोजेको आरोप लगाए । ‘यो सरकारले मल ल्याउन खोजेको छैन । मलमा माल खोजेको छ । माल नआउञ्जेल मल आउनेवाला छैन । हामीले मल खोजेका हौँ, मालको पछाडि लाग्न खोजेका होइनौँ,’ उनले भने । 
 

प्रकाशित समय : २०:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु