global ime bank Long Banner Ad

गृहपृष्ठ दार्चुलामा एकल महिलाको हत्या आरोपमा दुई जना पक्राउ

दार्चुलामा एकल महिलाको हत्या आरोपमा दुई जना पक्राउ

दार्चुलामा एकल महिलाको हत्या आरोपमा दुई जना पक्राउ

दार्चुलामा एक महिलाको हत्या गरिएको छ । शैल्यशिखर नगरपालिका-१ बारिलकी ४० वर्षीया अनिभा खडायतको हत्या भएको हो । घर नजिकैको खरको लुटोमा आगो लगाएर ती महिलाको हत्या गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रतीक विष्टले जानकारी दिए ।

घटनाको कारण भने खुल्न नसकेको उनले बताए । खडायतको शव गएराति फेला परेको वडा नं. १ का वडाध्यक्ष भरत खडायतले जानकारी दिए । उनका श्रीमानकाे सात वर्षअघि मृत्यु भइसकेको छ । खडायतका दुई छोरी र एक छोरा छन् । घटनामा संग्लन रहेको आशंकामा प्रहरीले स्थानीय वीरेन्द्र खडायत र तुला खडायतलाई पक्राउ गरेको छ । शंकास्पद एक जना फरार रहेको बताइएको छ ।

घटनाको अनुसन्धान गर्न डीएसपी विष्ट घटनास्थलमा पुगेकाे छन् । प्रहरी चौकी बलाँच र इलाका प्रहरी कार्यालय गोकुलेश्वरको टोली पनि घटनास्थलमा गएको छ ।

प्रकाशित समय : १६:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु