उपेन्द्र यादवको समीक्षा बैठकमा कुटाकुट, तीन कार्यकर्ता घाइते
वि.सं.२०७९ जेठ २५ बुधवार १६:४४
shares

स्थानीय तहको निर्वाचनको परिणाम विषयमा समीक्षा गर्न बसेको जनता समाजवादी पार्टी (जसपा) धनुषाको बैठकमा कुटाकुट भएको छ । जनकपुरसँगै जोडिएको लक्ष्मीनियामा रहेको होटल बाबाको ढावामा मंगलवार बसेको जसपाको समीक्षा बैठकमा कुटाकुट भएको हो ।
बैठकमा भएको कुटाकुटमा तीन कार्यकर्ता घाइतेसमेत भएको छन् । जसपाको सबैला नगर अध्यक्ष बैधनाथ रायले चुनावमा केन्द्रीय सदस्य साधु यादव लगायतको समूहले अन्तरघात गरेको आरोप लगाएका थिए । बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादव पनि सहभागी थिए ।
मन्तव्य सकेर बसेलगत्तै उनलाई एक समूहले कुट्न थालेपछि केहीबेर तनाव सृजना भएको बैठकमा सहभागी एक नेताले सुनाए । जसपा नेताहरु सिकिन्दर सिंह यादव, अवधकिशोर रविदास र जितेन्द्र मुखिया लगायतले रायमाथि मुक्का बर्साएका थिए ।

























