फोहोर व्यवस्थापनमा मन्त्रालय महानगरको साथमै छ : मन्त्री झाँक्री
वि.सं.२०७९ जेठ २० शुक्रवार १६:०८
shares

शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बन्चरेडाँडा ल्यान्डफिल्ड साइटमा वैज्ञानिक तरिकाले फोहोर व्यवस्थापन गरिने बताएकी छन् । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि प्रतिबद्ध भएर काम गरिरहेको बताउँदै उनले बन्चरेडाँडामा वैज्ञानिक तरिकाले फोहोर व्यवस्थापन गरिने बताएकी हुन् ।
बुधबार काठमाडौं महानगरपालिकाका नवनियुक्त प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डंगोललाई मन्त्रालयमा बधाई दिँदै मन्त्री झाँक्रीले काठमाडौंको फोहोर व्यवस्थापनका लागि महानगरसँग सहकार्य गर्न मन्त्रालय सधैं तयार रहेको समेत बताइन् ।
यस्तै उनले काठमाडौंको फोहोर बन्चरेडाँडामा तत्काल कसरी फोहोर विसर्जन गर्ने भन्ने विषयमा स्थानीयबासीलाई सहमत गर्न सकिन्छ भन्ने विषयमा पनि सहजीकरण गरिदिनसमेत आग्रह गरे ।

























