काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

15.52K
shares

देशको अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ । स्थानीय वायु र भारतको उत्तर प्रदेशबाट बंगलादेशसम्म पूर्व-पश्चिम फैलिएको न्यूनचापीय रेखाको प्रभावले प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेस प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

हाल प्रदेश नं १, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली भई प्रदेश नं १ को केही स्थानमा हल्का वर्षा भइरहेको छ । विभागले प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र मधेस प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

शनिबार प्रदेश नं १ लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली भई प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १८ दशमलव पाँच डग्री र अधिकतम तापक्रम ३१ दशमलव दुई डिग्री सेल्सियस छ । सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ११ दशमलव शून्य डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ४० दशमलव चार डिग्री सेल्सियस छ ।