global ime bank Long Banner Ad

गृहपृष्ठ त्रियुगा नगरपालिका प्रमुखमा कांग्रेस, उपप्रमुखमा एमाले विजयी

त्रियुगा नगरपालिका प्रमुखमा कांग्रेस, उपप्रमुखमा एमाले विजयी

त्रियुगा नगरपालिका प्रमुखमा कांग्रेस, उपप्रमुखमा एमाले विजयी

त्रियुगा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा (एमाले) विजयी भएको छ । मतगणनाको आज प्राप्त भएको परिणामअनुसार प्रमुखमा कांग्रेसका वसन्तकुमार बस्नेत विजयी भएका हुन् । उनले १३ हजार ९५९ मत प्राप्त गरे । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका भागवत राउतले ११ हजार ८३८ मत प्राप्त गरेका छन् ।

यस्तै उपप्रमुखमा एमालेकी महेश्वरी राईले १३ हजार ७०३ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सरिता राईले ११ हजार ९१८ मत र माओवादी केन्द्रकी गीता खड्काले ६ हजार ५६८ मत प्राप्त गरेकी छन् । नगरको १६ वडामध्ये कांग्रेस वडा नं. १, ३, ४, ५, ८, ९, ११, १२ र १३ मा प्यानलसहित विजयी भयो । एमालेले वडा नं २, ६, ७ र १० वडामा विजय हासिल गरेको छ । यस्तै माओवादी केन्द्रले वडा नं १४, १५ र १६ मा विजय हासिल गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कांग्रेस त्रियुगा नगरपालिकामा गठबन्धनबिना एक्लै चुनाव लडेको थियो । उदयपुरको आठ पालिकामध्ये कांग्रेसले त्रियुगा, कटारी र बेलका नगरपालिकामा प्रमुख पदमा विजय हासिल गरेको छ । एमालेले चौदण्डीगढी नगरपालिकामा मात्र प्रमुख र उपप्रमुख जितेको छ भने कटारी, त्रियुगा र बेलका नगरपालिकामा उपप्रमुखमा विजय हासिल गरेको छ ।

माओवादी केन्द्र लिम्चुङबुङ गाउँपालिका, रौतामाई गाउँपालिका र ताप्ली गाउँपालिकामा अध्यक्षमा विजयी भएको थियो भने सो गाउँपालिकाको उपाध्यक्षमा कांग्रेस विजयी भएको थियो । उदयपुरगढी गाउँपालिकामा गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) अध्यक्षमा र उपाध्यक्षमा कांग्रेस विजयी भयो ।

प्रकाशित समय : ०१:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु