काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

यी स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

7.2K
shares

प्रदेश नम्बर-१ र मधेस प्रदेशमा अहिले आंशिकदेखि सामान्य बदली भएकाे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अरू भू-भागमा आंशिक बदली छ । प्रदेश १ र मधेसका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएकाे छ ।

हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यूनचापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको महाशाखाले उल्लेख गरेकाे छ । आज दिउँसो प्रदेश-१, मधेस, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश-१, मधेस प्रदेश, बागमती र गण्डकीका थोरै स्थानमा र बाँकी भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

राति प्रदेश-१, मधेस, बागमती र गण्डकीमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । मधेसका थोरै भू-भागमा हल्कादेखि मध्यम वर्षा र प्रदेश-१, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

देशका केही स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशााले अनुरोध गरेको छ ।