दुर्घटनाग्रस्त अवस्थामा भेटियो तारा एयरको जहाज
वि.सं.२०७९ जेठ १६ सोमवार १३:४१
shares

आइतबार बिहानदेखि सम्पर्कविहीन तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । खोजी तथा उद्धारका लागि पुगेको नेपाली सेनाको टोली सोमबार बिहान विमान दुर्घटनास्थल पुगेको हाे ।
स्थलमार्गबाट गएको टोलीले जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेकाे नेपाली सेनाले जनाएकाे छ । जहाज मुस्ताङको थासाङ-२ को पहाडमा ठोक्किएको अवस्थामा भेटिएको हो । यसबारे थप विवरण केहीबेरमा आउने नेपाली सेनाले जनाएको छ ।
पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ९ एनएईटी ट्विनअटर जहाज आइतबार बिहानदेखि बेपत्ता भएको थियो । विमानमा चालक दलका तीन सदस्यसहित १९ जना यात्रु थिए ।
























