जोमसोमका लागि पोखराबाट उडेको तारा एयरको जहाज सम्पर्कविहीन
वि.सं.२०७९ जेठ १५ आइतवार १६:४८
shares

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहिन भएको छ । १९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको ९ एनएईटी ट्विनअटर जहाज सम्पर्कविहीन भएको हो ।
तारा एयरका एक अधिकारीका अनुसार अवतरण गर्ने समय भएपनि जहाज निर्धारित समयसम्म सम्पर्कमा छैन । जहाजबारे खोजविन सुरु भएको छ ।
























