global ime bank Long Banner Ad

गृहपृष्ठ निजगढ विमानस्थल बनाउन सर्वोच्चको रोक

निजगढ विमानस्थल बनाउन सर्वोच्चको रोक

निजगढ विमानस्थल बनाउन सर्वोच्चको रोक

बारामा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य रोक्न सर्वोच्च अदालतले आदेश दिएको छ । बिहीबारको बृहत पूर्ण इजलासले सरकारले निजगढमा विमानस्थल बनाउनका लागि अहिलेसम्म गरेका सबै निर्णय सर्वाेच्चले बदर पनि गरिदिएको छ ।

वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा र रञ्जुहजुर पाँडेले दायर गरेको रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएकाे थियाे । साेही रिटमा न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत पूर्ण इजलासले यस्तो आदेश गरेको हो । अर्को अन्तर्राष्ट्रिय विमानस्थल चाहिने भए अन्यत्र विकल्प खोज्न पनि अदालतले आदेश दिएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।

बृहत पूर्ण इजलासले गरेको आदेश भएकाले यसको अब पुनरावलोकन हुँदैन । सर्वोच्चले विमानस्थल निर्माणका लागि गरिएको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन र त्यसलाई ससर्त स्वीकार गर्ने वन मन्त्रालयको निर्णयलाई पनि बदर गरिदिएको छ ।

तराईको चारकोसे झाडीले भरिएको बाराको निजगढमा करीब २४ लाख सालका रुख काटेर विमानस्थल बनाउने सरकारको योजना थियो । वातावरण संरक्षणका अभियानकर्ताले निजगढमा विमानस्थल बनाउँदा त्यसले वातावरणीय सन्तुलन र वन्यजन्तुलाई अपूरणीय क्षति पुर्‍याउने भन्दै विरोध गर्दै आएका थिए ।

प्रकाशित समय : २३:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु